आइसीसी पुरूष विश्वकप लिग-२का लागि शुक्रबार बाट बन्द प्रशिक्षण सुरु हुने

international news

क्यानको आइतबार बसेको बोर्ड बैठकले आइसीसी पुरुष विश्वकप लिग–२ का लागि बन्द प्रशिक्षण यही शुक्रबारबाट सञ्‍चालन गर्ने भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) पुरुष विश्वकप लिग दुई अन्तर्गत उक्त खेल नेपाल आफैले आयोजना गर्न र खेल्न लागेको हो।

खेलको पहिलो श्रृंखलाका लागि टोलीको बन्द प्रशिक्षण शुक्रबार अर्थात्, जनवरी १० बाट पोखरा क्रिकेट मैदानमा सञ्चालन गर्ने बोर्डले निर्णय गरेको छ।

अमेरिका र ओमान समेत सहभागी हुने श्रृंखलाका लागि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानीस्थित क्रिकेट मैदान लाई अभ्यासका लागि तयार गर्ने कार्य यसअघि नै सुरु भइसकेको तथा दुबै मैदान र पिच निर्माणको कार्य आइसीसीका क्युरेटर बन्दुला वर्नपुराले हेरिरहेको पनि बोर्डले जानकारी गराएको छ।

Advertisements

Leave a Reply