कुकुरकै कारण रोकियो यी युवतीको हुनै लागेको विवाह

international news politics

विश्वमा धेरै अनौठा घटनाहरु भइरहेको हुन्छ । यस्तै भारतमा अनौठो कारणले एउटा विवाह रोकिएको छ । कुकुरसँगै धेरै समय बिताउने ती युवतीको विवाह कुकुरकै कारण रद्द भयो ।

भारतिय मिडियाका अनुसार उनले कुकुरलाई धेरै माया गर्थिन् र कुकुर सँगै धेरै समय बिताउने गर्थिन् । करिश्मा वालिया नाम गरेकी ती युवतीलाई विवाहको लागि प्रस्ताव आयो । युवाले पारीवारिक सहमतिमा कुराकानी पनि गर्दै आएका थिए । युवा राम्रो र आम्दानी भएको हुनाले युवतीले आफुलाई सुहाउने बताइन् ।

विवाहको कुराकानी हुदै गर्दा युवतीले विवाह पछि पनि पपी आफ्नो साथ राख्ने बताइन् । तर युवतीको त्यो कुरा युवालाई मन परेन । युवाले हुन लागेको विवाह पनि रद्द गरे । युवाले आफ्नो लव लाइफको बिच कुकुर आउन नहुने बताए । अहिले करिश्माले देखाएको कुकुर प्रतिको मायाको निकै चर्चा भइरहेको छ ।

Advertisements

Leave a Reply