यसरि लादैछ कोरीयाले २०२० मा ५६ हजार बिदेशी कामदार लिने

Health international news politics Quizz

दक्षिण कोरियाले सन् २०२० मा ५६ हजार बिदेशी कामदार लाने भएको छ । राेजगार अनुमति प्रणाली (ईपिएस) मार्फत E-9 भिसामा बिदेशि कामदार लगिरहेको कोरियाले यस पटक उक्त कोटा तोकेको हो । जस अन्तर्गत Manufacturing तर्फ ४०,७०० , कृषितर्फ ६,४०० जना,मत्स्यपालन ३०००, निर्माण क्षेत्र २३००, सर्भिस क्षेत्र १०० अन्य थप ३५०० तोकिएको छ। याे काेटा नेपालसहित १६ देशकाे लागी हाे । नेपालकाे लागि कति काेटा दिने भन्नेबारे काेरियाले खुलाएकाे छैन । केही दिनमा कुन देश लाइ कति काेटा दिने भन्ने बिषयमा HRD काेरियाले सुचना जारि गर्नेछ । प्रत्येक वर्ष काेरियाले नेपाललाइ उच्च प्राथमिकतामा राखेर धेरै काेटा दिने गरेकाे छ । तर EPS परीक्षाा पास गरेर पनी धेरै नेपालि युवा काेरीया जान पाएका छैनन् । उनिहरूले चाडै काेरिया जान नपाएकाे भन्दै पटक पटक अान्दाेलन पनी गर्दै अाएका छन । यसबारे काेरीया जानकार भएपनि बर्षेनी कामदारकाे काेटा बढाउने तर माग भएजती कामदार काेरिया नलाने समस्या देखीएकाे छ । उत्पादन क्षेत्र भन्दा कृषि क्षेत्रमा याे समस्या बढी देखीएकाे छ। कृषी क्षेत्रमा २०१७ मा काेरियन भाषा पास भएका केहि नेपाली युवाहरूकाे काेरिया जाने सपना अझै पनी पुरा हुन सकेकाे छैन । २०१८ मा पास भएका उत्पादन तथा कृषि क्षेत्रका युवाहरूकाे अवस्था पनी त्यस्तै छ । त्यस्तै २०१९मा सिप दक्षता परीक्षा दिएर नतिजाकाे पर्खाइमा धेरै युवाहरू छन । यसरी नेपाल लगायत अरू देशमा २०१७, १८ तथा १९ मा पास भएर बसेका धेरै युवा हुदा हुदै काेरीयाले २०२० मा पनी यती धेरै संख्यामा बिदेशी कामदारकाे काेटा खुलाउने तयारि गरीएकाे बुझीएकाे छ । नेपालबाट कोरिया जान ८ सय १५ अमेरिकी डलर (करिब ९१ हजार रुपैयाँ ) खर्च हुन्छ । वैदेशिक रोजगार विभाग ईपिएस कोरिया शाखाका अनुसार काेरियामा अार्थिक मन्दी बढेर बिदेशी कामदारकाे कम माग भइरहेकाे छ । याँहा क्लिक गरेर सिधै काेरीयाकाे वेबसाइटमा अाधीकारीक जानकारि लिन सकीन्छ ।

Advertisements

Leave a Reply